एमाले नेतृत्व सुधारका लागि वैचारिक बहस गर्नुपर्छ : केन्द्रीय सदस्य रचना खड्का

रेडियो कान्तिपुर संवाददाता

मंसिर १४, २०७८

The Headliners | Journalist Indralaxmi | 30 November 2021 | 14 Mangsir 2078

एमालेमा विचार, विधि, सिद्धान्त र समग्र नेतृत्व नै कमजोर हुँदै गएको भन्दै व्यापक बहस र पैरवीको आवश्यता देखिएको भन्दै पार्टी भित्रैबाट आवाज उठ्न थालेको छ । रेडियो कान्तिपूरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुराकानी गर्दै केन्द्रीय सदस्य रचना खड्काले जारी दशौं महाधिवेशनमा देखिएको नेतृत्वको एकलौटीपन र त्यसमाझ उब्जेका असन्तुष्टीलाई सम्बोधन गर्न पनि तत्काल आन्तरिक अन्तरवस्तु, कमीकमजोरीलाई समिक्षा गर्दै वैचारिक बहसको आवश्यकता देखिएको बताउनुभएको हो । महाधिवेशनले एकताको सन्देश दिने अपेक्षा गरिएपनि त्यसो हुन सकेको बताउँदै उहाँले आन्तरिक एकता बलियो बनाउन पनि एकै स्थानमा उभिएर आत्म–आलोचनासहित नेतृत्वले लोकतान्त्रिक विधि र प्रक्रियासहितको बहस गर्नुपर्ने उहाँले बताउनुभयो । महिला सहभागिताप्रति यसपटक पनि नेतृत्वले लिएको नीति अन्यायपूर्ण भएको खड्काको भनाई थियो ।


प्रतिक्रिया