पर्वत डायरी

पुस ३, २०७३ | पर्वत

 

पर्वतको कुश्मा नगरपालिकाले चालु वर्षदेखि एकिकृत सम्पत्ति कर लागु गरेपछि राजस्व असुलीमा बृद्धि भएको छ । चालु आर्थिक वर्षको पाँच महिना मै सोहि शिर्षकमा गत वर्षभरको भन्दा दोब्बर राजस्व संकलन भएको नगरपालिकाले जनाएको छ । आर्थिक वर्ष ०७१/७२ मा १६ लाख २३ हजार आठसय १४ रुपैंया मात्रै राजस्व संकलन भएकोमा ७२/०७३ मा एक करोड चार लाख १३ हजार नौ सय १८ रुपैया जम्मा भएको थियो । जसमध्ये करदाताले स्तस्फुर्त घरजग्गा, घरबाल, आयकर तिर्नेको संख्या बढेको कार्यकारी अधिकृत कुमानशिंह गुरुङले बताउनुभयो । सुचना अधिकारी लालप्रसाद पाध्यायका अनुसार मंसिर मसान्तसम्म २९ लाख ४६ हजार राजस्व संकलन भएको छ । 

पर्वत जिल्ला अस्पतालमा अझै पनि साझा स्वास्थ्य सेवाका नाममा रहेको फार्मेसी सञ्चालन भइरहेका छन् । सर्बोच्च अदालतले ७२ असारमा मुलुकभरका जिल्ला, अञ्चल र क्षेत्रिय अस्पतालहरुलाई आफै फार्मेसी सञ्चालन गर्न आदेश जारी गरेपनि पवर्तमा सो आदेशको पालना नभएको पाईएको छ । पर्वत अस्पतालमा सञ्चालित फार्मेसीहरुले भने दुई वर्षका लागि सम्झौता गरेको भन्दै छोड्न मानेको छैनन् । सम्झौतामा अस्पताल प्रशासनले ‘एक महिनाअघि सुचना दिएर हटाउन सकिने’ बुँदा भए पनि प्रशासनले त्यसतर्फ अग्रसरता देखाएको छैन । अस्पताल प्रशासनले फार्मेसी सञ्चालनका लागि तयारी भइरहेकोले यहि पुष मसान्त भित्र सञ्चालनमा ल्याउन सकिने जनाएको छ । 

पर्वतमा बनेका मुलुककै अग्ला तीन झोलुङ्गे पुलहरुले हिजोआज आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि मुख्य आकर्षक बनेका छन् । सदरमुकामलाई जिल्लाका ग्रामिण क्षेत्र र छिमेकी बाग्लुङ जोड्न मोदी र कालीगण्डकीको खोचमा निर्माण गरिएका पुलमा हिजोआज मुलुकभित्रकै आन्तरिक पर्यटकहरुका लागि बिदा मनाउने स्थल बनेका हुन् । अग्ला पुलहरु बनेपछि सिजनका बेला दैनिक पाँच हजार सम्म आन्तरिक पर्यटकहरु आउन थालेको स्थानीय पर्यटन व्यवसायीहरुले बताएका छन् । लामो बिदाका समय मुलुकका बिभिन्न जिल्लाबाट एकदुई दिनको यात्रा गरेर पनि आन्तरिक पर्यटकहरु अग्ला पुल हेर्न आउने गरेका छन् । 

श्रीमान बैदेशिक रोजगारीमा रहेका बेला आफ्नै देवरसंग अबैध गर्भधारण गरि जन्मिएको शिशुलाई हत्या गरेको आरोपमा पर्वतको कुर्घाका देवरभाउजु पुर्पक्षका लागि थुनामा परेका छन् । कुर्घाकी मीना क्षेत्री र बिजयराज क्षेत्रीलाई पर्वत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । ३१ वर्षिया मीनाले देवरसंगको सम्पर्कबाट जन्मिएको शिशुको हत्या गरि आफ्नै बारीमा गाडेको अवस्थामा पर्वत प्रहरीले दुई महिनाअघि फेला पारेको थियो

हवस् त पर्बत डायरी आजलाई यति नै अगन्धर तिवारीलाई विदा दिनुहोस नमस्कार । 


प्रतिक्रिया