दाङ डायरी

भाद्र १०, २०७९

मिटर व्याजका कारण दाङमा धेरै परिवारको बिचल्ली भएको छ । मासिक १५ देखि २० प्रतिशतसम्म ब्याज तिरेर ऋण लिएका मानिसहरु अहिले साँवाभन्दा ब्याज रकम बढी भएपछि तिर्न नसक्ने अबस्थामा पुगेका छन् । चर्को व्याजमा ८७ हजारदेखि ९२ लाख रुपैयाासम्म ऋण रहेका व्यक्तीहरुले निवेदन दिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । हालसम्म ४७ जनाले ६ करोड ७ लाख २३ हजार रुपैयाा मिटर व्याजको ऋण रहेको भन्दै निवेदन दिएको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले बताउनुभयो । चर्को ब्याजमा ऋण लिएकै कारण घर छोडेर हिड्नुपरेको घोराही उपमहानगरपालिका १० नारायणपुरकी सीमा विक घमालले बताउनुभयो । घोराही १४ की सरस्वती भण्डारीले पनि साावाभन्दा ब्याज बढी भएपछि तिर्न नसक्ने अबस्थामा पुगेको बताउनुभयो । यस्तो कारोवारमा अधिकांश महिला संलग्न रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएस्पी राजनकुमार गौतमले बताउनुभयो । निवेदनहरुमा आबश्यक छानविन भैरहेको उहाँले जानकारी दिनुभयो ।

असहाय बालबालिकाहरुलाई लक्षित गरेर घोराहीकी समाजसेवी विमला योगीले व्यक्तिगत लगानीमा बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम शुरु गर्नुभएको छ । योगीले व्यक्तिगत रुपमा १० लाख रुपैयाँको कोष खडा गरेर कार्यक्रम शुरुवात गर्नुभएको हो । कोषमा नियमित रकम जम्मा गर्दै जाने र कोषमार्फत सहयोगको आवश्यकता परेका विपन्न तथा असहाय बालबालिकाको शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने उहाँले बताउनुभयो । यसअघि पनि विभिन्न क्षेत्रबाट स्रोत जुटाएर ६ सय बढी बालबालिकालाई शिक्षामा सहयोग गरिरहेको उहाँले जानकारी दिनुभयो । विपन्न समुदायका बालबालिकालाई दिगो रुपमा शिक्षा र स्वास्थ्य सेवा दिन सहज होस् भनेर कोष खडा गरेको उहाँको भनाई थियो ।

लुम्विनी प्रदेशको स्थायी राजधानी कार्यान्वयनमा तिव्रता दिइएको छ । प्रदेशसभा भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । असोजमा संसद् बैठक दाङमै बस्ने गरी तयारी गरिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले बताउनुभयो । बाहिरी संरचना सबै निर्माण भैसकेको र भित्री सजावटका कामहरु तिव्र गतिमा भैरहेको उहााले जानकारी दिनुभयो । ५ करोड २१ लाख ९३ हजारको लागतमा संसद् भवन निर्माण गरिएको छ । यसका साथै राजधानी कार्यान्वनका लागि ११ वटा मन्त्रालयका भवनहरु निर्माण गर्न टेण्डर प्रक्रियामा जान थालेको पोख्रेलले बताउनुभयो । लालमटियास्थित राप्ती प्राबिधिक शिक्षालयका बिद्यार्थीहरु गढवाको सरस्वती मावि बिद्यानगरमा सार्न थालिएको छ । लालमटीयामा प्रदेश सरकारको प्रशासनीक केन्द्र बनाउने योजना अनुसार राप्ती प्राबिधिक शिक्षालय गढवा सार्न थालिएको शिक्षालयका सहायक प्रमुख कुलराज चौधरीले बताउनुभयो । भदौ २० गतेभित्रै नयाा ठाउाबाट कक्षा सञ्चालन गर्ने गरी काम भैरहेको उहाँले जानकारी दिनुभयो ।

देउखुरीको राप्ती नदी किनारमा करिडोर निर्माण गरिने भएको छ । राप्ती नदीको दुबै किनारमा पक्की सडक निर्माण गर्ने योजनासहित बिस्तृत परियोजना प्रतिवेदन निर्माणको काम थालिएको शहरी विकास मन्त्री मेटमणि चौधरीले बताउनुभयो । शहरी विकास मन्त्रालय र एशियाली विकास बैंकको संयुक्त लगानीमा करिडोर निर्माण हुने उहाँले बताउनुभयो । करिडोर निर्माणका क्रममा नदीले कटान गरेको सयौं विघा जमिन निकाल्न सकिने चौधरीले बताउनुभयो । नदीको दुबैतर्फ गरी १ सय ३५ किलोमिटर लम्बाइ र २१ मिटर चौडा सडक निर्माण गरिने शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले बताउनुभयो । करिडोर निर्माणका लागि १० अर्ब बजेट आवश्यक पर्ने उहाँले जानकारी दिनुभयो । भालुबाङ, गढवा, राजपुर र बााकेको अगैयामा शहर स्थापित गर्ने गरी करिडोर निर्माण गरिने उहाँले बताउनुभयो ।


प्रतिक्रिया