ताप्लेजुङ डायरी

आश्विन १६, २०७९ | ताप्लेजुङ

दशैंमा हरेकजसो डाँडा र वस्तिमा हुने थापिने लिंगे र रोटे पिङ थाप्न छोडिएको छ । लट्ठाकालागि आवष्यक बाबियो नपाइने र लिंगो ठड्याएर पिङ वनाउने जनशक्तिको अभावका कारण पनि पिङ सस्कृति लोप हुदै गएको हो । रोटे पिङको तुलनामा लिंगेपिङ पछिल्ला वर्षसम्म थाप्ने गरिएको थियो । त्यो समेत हराउदै गएको छ ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्बाचनको प्रभाव शहरवाट गाउ फर्किएकाहरुले पार्ने भएका छन । यस्मा ठुलो संख्या युवा पुस्ताको छ । दशैं मनाउन घर फर्किएको पुस्ताले दिएको सन्देशले पुरानो पुस्तापनि प्रभावित हुने विष्लेषण राजनीति बृत्तमा गर्न थालिएको छ ।

दसैंको छुट्टिमा हिमाली क्षेत्रको भ्रमणमा जाने सस्कृतिको विकास वड्दै गएको छ । आफन्त तथा अभिभावकसँग टिका जमरा लगाउने र आशिर्वाद ग्रहण गरेपछि भ्रमणमा निस्कने गरेका छन । कञ्चनजंघा हिमालको आधार शिविर घुन्साका ब्यवसायिहरु आन्तरिक पर्यटकले अहिलेनै बुकिङ गरिरहेको वताउँछन ।

अलैंची टिप्ने सिजन परेकाले ताप्लेजुङका अधिकांसले योवर्षको दशैं लामो समयसम्म मनाउन नपाउने भएका छन । यतिवेला अलैंची टिप्ने काम भइरहेकाले हरेकजो किसान ब्यस्त रहेका छन । ब्यस्तताका विच समय निकालेर आशिर्वाद ग्रहण गर्ने र पुन बगान पस्नुपर्ने अवस्था रहेको किसानहरु वताउँछन ।

म्याराथन प्रतियोगिताकालागि ताप्लेजुङले नव प्रतिभा पाएको छ । प्रदेश स्तरिय छनौटवाट नवौं राष्ट्रिय खेलकुदका लागि छानिएकी मैवाखोला गाउँपालिकाकी समपाल्हु शेर्पाले ताप्लेजुङ महिला हाफ म्याराथनको उपाधि जितेसँगै उदियमान खेलाडीको उदय भएको हो । दुई स्थानमा म्याराथन जितेकी उनलाई मैवाखोला गाउँपालिकाले ५१ हजार पुरस्कार समेत दिएको छ । 


प्रतिक्रिया