धनगढी डायरी

मंसिर २७, २०७९ | धनगढी

कैलालीको भजनी नगरपालिका—३ स्थीत एक बंगुर फार्ममा अफ्रिकन स्वाइन फिभर फेला परेको छ । स्थानीय जय बहादुर बुडाको सो फार्ममा रहेका ४ सय १२ बंगुरको मृत्यु भएको भजनी नगरपालिका कृषि भेटनरी अधिकृत हरिलाल जैशीले जानकारी दिनुभयो । गएको असोज देखि फार्ममा बंगुर मर्न थालेपछि परिक्षण गरिएको फर्म सञ्चालक बुडाले बताउनुभयो । अधिकृत जोशीले काठामाडौंको पशु पक्षी रोग अन्वेषण प्रयोगशालाबाट कार्तिक १६ गते अफ्रिकन स्वाइन फिभर भएको प्रमाणिकरण भएको जानकारी दिनुभयो ।

कैलालीको त्रिनगर गौरीफन्टा भन्सार नाकामा चालु आर्थिक बर्षको कार्तिक सम्ममा लक्ष्य बरावरको राजश्व संकलन हुन सकेको छैन । भन्सार कार्यालयका अनुसार चार महिनाको लक्ष्य ३ अर्व ६४ करोड ५७ लाख रहेकोमा राजश्व संकलन २ अर्व ४६ करोड २८ लाख २८ हजार मात्रै भएको छ । साउन देखी कार्तिक सम्म राजश्व संकलन ७५ प्रतिशत भन्दा बढी हुन सकेको छैन् । साउनमा करिब ७३ दशमलव ६४ भदौमा ६४ दशमलव २४, असोज ५८ दशमलव ९३ र कार्तिकमा ७५ दशमलव ०६ प्रतिशत मात्रै राजश्व संकलन भएको छ । भन्सार प्रमुख राजेन्द् हमालले भारतम द्धारा निकासी बस्तुमा गरेको महशुल बृद्धि, नेपाल बैंक प्रणालीमा कडाई र तेस्रो चोरीपैठारीले राजश्व संकलनमा कमी आएको बताउनुभयो ।
 
धनगढीको ऐश्वर्य बहुमुखी कयाम्पसमा तालाबन्दी गरिएको छ । संयुक्त बिद्यार्थी संगठनहरुले क्याम्पस प्रशासनले एकतर्फी शुल्क बृद्धि गरेको विरोधमा ताला बन्दी गरेका हुन । नेविसंघ, अनेरास्वबियु, अखिल क्रान्तिकारी लगायतका बिद्यार्थीले विना जानकारी क्याम्पस प्रशासनले शुल्क बढाएको भन्दै तत्काल शुल्क बढाउने निर्णय खारेज गर्न माग गरेका छन् । 
धनगढीको कैलाली पुल देखि क्याम्पस रोडसम्म ब्यवसायिक सटर तथा भवनहरु घरधनी आफै धमाधम भत्काउन थालेका छन् । धनगढी उप–महागरपालिकाले कैलाली पुल देखि क्याम्पस रोड सम्मको २ दशमलव ३ किलोमिटर बजारमार्ग फराकिलो बनाउन दायाँ बायाँका संरचना भत्काउन गएको असोजमा सूचना ३५ दिने जारी गरेको थियो । सूचनाको समावधि लगत्तै कार्तिक २० गतेबाट उप महानगरले सडकको क्षेत्राधिकारभित्र परेका सरकारी स्वामित्वका भवनहरुमा पहिले डोजर लगाएर भत्काउन शुरु गरेको थियो । उप महानगरले ७५ प्रतिशत सडकको क्षेत्राधिकार खाली भइसकेको जनाएको छ । कैलाली पुल देखि क्याम्पस रोड सम्मको सवा दुई किलो मिटर मुख्य बजार मार्ग ३० मिटरको चौडाईमा बिस्तार गरिन लागिएको छ । उपमहानगरपालिका अनुसार बिस्तार हुने सडकको दायाबाया साइकल लेन, पार्किग, अपांग मैत्री पेटी , फुटपात बिचमा हरायाली सहितको सडकको परिकल्पनाका डिजायन गरि डिपिआर तयार भएको छ ।


प्रतिक्रिया