काभ्रे डायरी

पुस १७, २०७९ | काभ्रे

काभ्रेको महाभारत गाउँपालिकामा केन्द्रीय विद्युतको प्रसारण लाइन परीक्षण सुरु गरिएको छ । भौगोलिक विकटता र असहजताका कारण निरन्तर अभाव झलिरहेकाको यस पालिकामा पहिलो पटक केन्द्रीय विद्युतको प्रसारण लाइनको परीक्षण सुरु गरिएको हो । नेपाल विद्युत् प्राधिकरण ग्रिड सोलार एण्ड इनर्जी इफिसियन्सी आयोजनाबाट महाभारत गाउँपालिकाको सबै वडामा विद्युत् प्रसारणको पूर्वतयारी पूरा भएसँगै परीक्षण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिनुभयो । हालसम्म १, २ र ८ बाहेका सबै वडामा केन्द्रीय प्रसारण लाइनसँगै शाखा प्रसारण लाइनसमेत जडान भइसकेको पालिका अध्यक्ष जिम्बाले बताउनुभयो । बाँकी वडामा प्रसारणको पूर्वतयारी धमाधम भइरहेको बताउँदै जिम्बाले एक वर्षभित्र पालिकाका सबै वडामा बिजुली पुग्ने जिम्बाले जानकारी दिनुभयो ।

जिल्लाको नमोबुद्ध नगरपालिकाले ५ जना कृषक, कृषि फर्म तथा सहकारीलाई विभिन्न कृषि सामाग्री वितरण गरेको छ । नमोबुद्ध नगरपालिकामा सञ्चालित फलफुल तथा तरकारी मुल्य श्रृंखला विकास परियोजना (भिसिडिपी)को आर्थिक सहयोगमा प्लाष्टिक टनेल, प्लाष्टिक पोखरी, थोपा सिाचाई सेट, मल्चिङ फ्लाष्टिक, क्रेट लगायतका सामाग्री हस्तान्तरण गरिएको हो । कृषि शाखाले आयोजना गरेको कार्यत्रममा छनोट भएका लाभग्राहीलाई नगर प्रमुख कुनसाङ लामाले सामाग्री हस्तान्तरण गर्नुभएको हो । परियोजना अन्तर्गत वडा नं २, ५ र ८ मा बासको प्लाष्टिक टनेल, मल्चिङ प्लाष्टिक, ड्रिप सेट र प्लाष्टिक पोखरी निर्माण कार्यक्रम सञ्चालन गरिएको छ ।

काभ्रेमा सञ्चालनमा रहेको सम्पूर्ण नदीजन्य तथा खानीजन्य उद्योगहरु मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । जिल्लामा समन्वय समितिले सार्वजनिक गरेको नदीजन्य पद्धार्थ संकलन र उपयोग तथा खानीजन्य उद्योगहरुको जिल्लास्तरीय अनगुमन गर्न बनेको कार्यदलले तयार गरेको प्रतिवेदनमा काभ्रेमा नदीजन्य तथा खानीजन्य उद्योगहरु मापदण्ड विपरीत सञ्चालनमा पाइएको हो । सार्वजनिक प्रतिवेदनमा उद्योगहरुले सामान्य मापदण्ड समेत पालना नगरेको पाइएको उल्लेख छ । प्रतिवेदन अनुसार जिल्लमा रहेको ४८ वटा खानी तथा नदीजन्य उद्योगमध्ये ३० वटा मात्रै अहिले सञ्चालनमा रहेका छन् । कार्यदलले गरेको ४२ वटा उद्योगहरुको अनुगमन गरेको थियो । आन्तरिक श्रोतको नाममा जथाभवी उद्योग सञ्चालन गरेर सामान्य मापदण्ड पनि पुरा नगर्ने उद्योगहरुलाई कसरी कार्वाही गर्ने र कसरी व्यवस्थापन गरिने भन्ने विषयमा थप अध्ययन गरिने जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले बताउनुभयो ।

काभ्रेमा पछिल्ला केही महिनादेखि पशुचौपायामा देखिएको रेबिज रोगको सङ्क्रमण नियन्त्रणमा आएको जिल्ला स्वास्थ्य कार्यालय र भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । केन्द्रले हप्तौंदेखिको निगरानी तथा रेबिजविरुद्धको खोप लगाएपछि नियन्त्रणमा आएको हो । मंसिरको पहिलो सातादेखि महाभारत गाउँपालिकाको दुई गाउँमा रेबिजको सङ्क्रमणका कारण पशुहरु मरेका थिए । रेबिज संक्रमित पशुको स्याहारसुसारमा लागेकाहरुलाई रेबिज विरुद्धको खोप लगाएपछि नियन्त्रणमा आएको केन्द्रले जनाएको छ । मण्डनदेउपुर नगरकै केही स्थानमा बितेको दुई महिनाको अवधिमा २२ गाई मरेका थिए । यस्तै मरेको कुकुरमा रेबिज पुष्टि भएको स्थानका करिब ३० व्यक्तिलाई रेबिजविरुद्धको खोप लगाइएको छ । 


प्रतिक्रिया