पाँचथर डायरी

पुस २३, २०७९ | पाँचथर

पाँचथर जिल्ला अस्पतालले बिशेषज्ञ डाक्टर सहितको सेवा सुरु गरेको छ । अस्पतालले यहि महिना हाडजोर्नी तथा नसा रोग, जनरल सर्जन र एन–एसथेसियाका ४ डाक्टर झिकाएर सेवा दिन थालेको हो । चार मध्ये हाडजोर्नी नसारोग बिशेषज्ञलाई अस्पताल विकास तथा व्यवस्थापन समिति र अन्य तीनजना चिकित्सकलाई नेपाल सरकारले तलब खुवाउने गरी भर्ना गरिएको हो । यसअघि जिल्ला अस्पतालमा दुईजना एमबिबिएस डाक्टर कार्यरत थिए ।

पाँचथरको फिदिम माध्यामिक विद्यालय जिल्लाकै उत्कृष्ट सावित भएसागै पुरस्कृत भएको छ । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले जिल्लाका माध्यामिक विद्यालय मध्ये फिदिम माविलाई उत्कृष्ट घोषित गर्दै नगद १४ लाख ५० हजार पुरस्कार सहित ट्रफि र प्रमाण प्रदान गरेको हो । यस्त,ै आधारभुत विद्यालयतर्फ फाल्गुनन्द गाउापालिकाको त्रिभुवन आधारभुत विद्यालय जिल्लाको उत्कृष्ट साबित भएको छ । सो विद्यालयले ९ लाख ५० हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ ।

पाँचथरको सदरमुकाम फिदिम क्षेत्रमा मात्रै तीनसयजना ढाका उद्यमी छन । उनीहरुले उत्पादन गरेको ढाका नेपालका विभिन्न बजारसागै हङकङ, अमेरिका, बेलायत, अष्ट्रेलिया र जापान सहित १६ वटा मुलुकसम्म पुग्छन । जतिसुकै उत्पादन गरेपनि बिक्री हुने भएकाले उनीहरुलाई आफ्ना उत्पादन ग्राहकसम्म पुर्‍याउन उनीहरुलाई धौ धौ पर्छ । तर बिडम्बना ढाका बनाउने कच्चा पदार्थ धागो बनाउन पाउन भने सजिल्लो छैन । उद्यमी हरुका अनुसार ढाका बुन्न प्रयोग हुने धागो काठमाण्डौबाट खरिद गरेर ल्याउनु पर्छ । प्रतिसय गोली दुईसय रुपैंया पर्ने यो धागो ढाकामा आवस्यक पर्ने विविधतायुक्त रङमा नपाइने भएकाले अर्डर गरेको महिनौंसम्म कुर्नुपर्ने अवस्था छ ।

पाँचथरको फिदिम रैथाने उत्पादन र संस्कृतिको प्रवर्धन गर्ने उदेस्यले आयोजना गरिएको चासोक मेला २ सातादेखि जारी छ । उधौली पर्वका अवसरमा आयोजना गरिएको यो मेलामा च्याब्रुङ नााच धान नााच,थुर्पे नााच जस्ता लिम्बू सस्कृतिमा आधारित लोक नृत्यसागै रैथाने बालीबाट तयार गरिएका खानेकुराका स्टल राखिएको छ । किराात संस्कार, संस्कृति र मौलिकतासागै रैथाने उत्पादन र स्थानीय पर्यटीकीय स्थलहरुको प्रचार प्रसार गर्न मेलाको आयोजना गरिएको आयोजक समेत रहेका स्थानीय वडाध्यक्ष उपेन्द्र लावतीले जानकारी दिनुभयो ।

 


प्रतिक्रिया