बर्दिया डायरी

माघ २, २०७९ | बर्दिया

माघे संक्रान्तीको अवसरमा जिल्लाको ठाकुरबाबा मन्दिर दर्शनका लागि .श्रद्धालुको भिड लागेको छ । ठाकुरबाबाको दर्शनका लागि करिब ५० हजार श्रद्धालु यहाॅ आएको मेला समितिले जनाएको छ । मेला चार दिन सम्म सञ्चालन हुने छ । मेला समितिका अध्यक्ष रुद्र खड्काका अनुसार तीन वर्ष यता सो मेला आयोजना भएकाले मन्दिर श्रद्धालु आएका हुन् ।

पर्याप्त जनशक्तिको अभावमा बर्दियाको मुल भंसार कार्यालय,राजापुर,छोटी भंसार गुलरिया बन्द हुने अवस्थामा पुगेको छ । दरबन्दी अनुसार ८ जना नायव सुब्बा हुनपर्नेमा १ जना मात्र रहेको निमित्त प्रमुख नासु रविन्द्र विकले बताउनुभयो । कार्यालय सहयोगीको दरबन्दी १० भए पनि ५ जना मात्रा रहेको कार्यालले जनाएको छ । एक एक जनाको दरबन्दी रहेको लेखापाल, कम्युटर अपरेटर र सावारी चालकतर्फ कर्मचारी नै छैनन् । कार्यालय प्रमुख भने नेपालगन्ज भंसारबाट आउने गर्छन ।

बर्दियामा एक महिना यता परेको शीतलहरले जनजिवन कष्टकर बन्दै गएको छ । जिल्ला विपद् व्यवस्थापन समिति र नेपाल रेडक्रस सोसाइटीले शितलहरबाट प्रभावित विपन्न,असहाय, जेष्ठ नागरिक लगायत लक्षित मानिसलाई कम्बल वितरण शुरु गरेको छ । बर्दियाको आठै वटा पालिकामा शितलहरबाट प्रभावित विपन्न, असहाय,जेष्ठ नागरिक लगायत लक्षित वर्गका सात सय जनालाई कम्बल वितरण गरेको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताउनु भयो ।

केही सयम यता बर्दियामा भारतीय नम्बरका सवारीसाधन अवैद्यरुपमा भाडामा प्रयोग भएपनि प्रहरी प्रशासनको ध्यान पुग्न सकेको छैन । ति सवारीसाधन भाडामा अवैद्य प्रयोग हुॅदा नेपाली सवारीधनी मर्कामा परेका छन् । सुविधाको पासको नाममा वर्षो देखि भारतीय सवारी साधन राख्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । भारतीय सवारी साधन कती छन् यसको एकिन संख्या प्रहरी संग छैन ।


प्रतिक्रिया