प्यूठान डायरी

माघ २८, २०७९ | प्यूठान

प्यूठानको झिमरुक गाउँपालिकाले निर्माणाधिन आयोजनाहरुको अनुगमनलाई तिब्रता दिएको छ । आर्थिक बर्ष सकिन केहि महिना मात्रै बाकी रदा समयमै आयोजना सम्पन्न गर्न अनुगमनलाई तिब्रता दिइएको झिमरुक गाउापालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिनुभयो । गाउापालिका भित्रका ८ वटै वडाका सबै आयोजना स्थलमै पुगेर आयोजनाको अनुगमन गर्ने गरिएको छ ।

जिल्ला समन्वय समिती प्यूठानको नाममा रहेको ६ रोपनी जग्गा जिल्ला स्वास्थ्य कार्यालयलाई दिईने भएको छ । स्वास्थ्य कार्यालयको भवन निर्माणकालागी जग्गा उपलब्ध गराउने गरी जिल्लाका सरोकारवाला बीचमा सहमती भएको जिल्ला समन्वय समिती प्यूठानका सभापती धरम बहादुर जिसीले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय प्यूठान अहिले भाडाको घरबाट सञ्चालनमा छ ।

फाल्गुन ४ गतेबाट सञ्चालन हुने स्वर्गद्धारी प्यूठान पाँचौं महोत्सवमा विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चाल नहुने भएको छ । स्वास्थ्य शिविर व्यबस्थापन समितीले फाल्गुन ४ गतेबाट १० गतेसम्म शिविर सञ्चालन गर्ने तयारी गरेको प्यूठान उद्योग बाणिज्य सघंका अध्यक्ष पशुपति नारायण नकर्मिले जानकारी दिनुभयो । महोत्सव समयभर दैनिक फरक फरक क्षेत्रका बिशेषज्ञले सेवा दिने छन् ।

४.नेपाल रेडक्रस सोसाईटी जिल्ला कार्यसमिती प्यूठानमा सर्वसहमत नयाा कार्यसमिती चयन भएको छ । अधिवेशनबाट गुमानराज पुलामीको नेतृत्वमा नयाा कार्यसमिती चयन गरिएको हो । पुलामी चौँथो कार्यकालका लागी रेडक्रस प्यूठानको सभापतीमा चएन हुनुभएको छ ।

 


प्रतिक्रिया