सर्लाही डायरी

फाल्गुन १३, २०७९ | सर्लाही

सर्लाहीको दक्षिणी ग्रामिण भेगमा पर्ने कौडेना गाउँपालिकाले १५ बेडको सामुदायिक अस्पताल निर्माण गरिरहेको छ । यहाँका स्थानीय समान्यविरामीपर्दा वीरगञ्ज तथा जनकपुर जानुपर्ने बाध्यताका अन्त्यकालागि गाउँपालिका मै अस्पताल भवन निर्माणको काम भइरहेको गाउँपालिकाका अध्यक्ष रुपेशकुमार यादवले बताउनुभयो अगामी जेठसम्म अस्पताल भवनको काम सकेर संचालनमा ल्याउने गाउँपालिकाको लक्ष्य छ । कौडेना–२ फुलपरासीमा दुई करोडको लागतमा सो अस्पताल भवनको निर्माण कार्य भइरहेको छ । यहाँ विशेषज्ञ चिकित्सक राखेर उपचार सुरु गर्ने तयारी गाउँपालिकाको छ । जिल्लाको दक्षिण–पश्चिम क्षेत्रका समान्य बिरामी अहिले औषधि उपचारकालागि सदरमुकाम स्थित प्रादेशिक अस्पताल तथा भारतीय बजारसम्म पुग्ने गरेका छन् ।

सर्लाहीको चन्द्रनगर गाउँपालिकाले सम्पुर्ण विद्यालयमा विद्युतिय–हाजिरी राख्न सुरु गरेपनि केही विद्यालयका प्रधानाध्यापकले अटेरी गरेका छन् । गाउँपालिकाका २२ वटा सामुदायिक विद्यालयमध्ये १८ वटा विद्यालयमा विद्युतिय–हाजिरी राखिसकिए पनि चार वटा विद्यालयले भने ई–हाजिरी राख्न अटेरी गरेका हुन् । चन्द्रनगर–३ स्थित श्रीराम जनता निम्न माध्यमिक विद्यालय, ज्ञानज्योती प्राथमिक विद्यालय, चन्द्रनगर–४ स्थित शंकरसिंह प्राथमिक विद्यालय, र चन्द्रनगर–१ स्थित जनता प्राथमिक विद्यालयले ई– हाजिरी चालु गर्न अटेरी गरेको गाउँपालिकाले जनाएको छ । विद्यालय समयमा शिक्षक नपुग्ने गरेको गुनासो आएपछि गाउँपालिकाले ई–हाजिरीको ब्यवस्था गरेको हो ।

सर्लाहीमा दुई महिना यता साढे तीन सय जना फरार अभियुक्त पक्राउ परेका छन् । प्रहरीले फरारको खोजतलास बढाएपछि अभियुक्तहरु धमाधमपक्राउ पर्न थालेका हुन् । केहीले भने आफै प्रहरीमा पुगेर आत्मसमर्पण गरिरहेका छन् । जिल्लाप्रहरी कार्यालयले जिल्लामा विभिन्न मुद्दामा फरार रहेकाहरुको खोजतलास अभियान चलाएको छ । प्रहरीको सक्रियताका कारण दुई महिनामै ३ सय ५० फरार अभियुक्त प्रहरीको नियन्त्रणमा आएको हो । पक्राउ परेकाहरु कर्तब्यज्यान, हातहतियार, लागूऔषध, अंगभंग,कुटपिट लगायतका मुद्दामा फरार रहेका थिए । प्रहरीले फरार अभियुक्तमाथी निगरानी बढाएपछि कतिपय अभियुक्त आफै पनि प्रहरी सम्पर्कमा आइरहेको प्रहरी उपरीक्षक नरेशराज सवेदीले जानकारी दिनुभयो ।

सिंचाई सुविधाबाट बञ्चित रहेका चन्द्रनगर गाउँपालिकाका किसानका लागिपालिकाले विद्युत मिटरको ब्यवस्थापनमा जुटेको छ । उत्पादन बढाएर किसानको आर्थिक अवस्था सुधार्न गाउँपालिकाले वैकल्पिक सिंचाइको ब्यवस्थापनमा जुटेको हो । विद्युत मिटरको महशुलभने गाउँपालिकाले तिरिदिने भएको छ । आकाशे पानीको भरमा यहाँका किसान खेती गर्दै आएका छन् । जसले वर्षे बालीतथा मौसम अनुसारको बालीमात्रकिसानले लगाउने गरेका छन् । तरकारी लगायत बेमौसमी खेतीगर्ने किसान भने पम्पिङ सेटको भरमा खेती गरिरहेका छन् । बढ्दो ईन्धनको मूल्यका कारण किसानको लागत भने बढ्दो छ । खेतीमा बढ्दो महँगीका कारण पिल्सिएका किसानका लागि गाउँपालिकाले सिंचाईमा पहुँच पुर्‍याउने प्रयास गरेको गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले बताउनुभयो । 


प्रतिक्रिया