जुम्ला डायरी

फाल्गुन २४, २०७९

जुम्लाको सिञ्जा गाउँपालिकाका तीन वटा स्वास्थ्य चौकीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट तीन सय २७ महिला लाभान्वित भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको समन्वयमा आयोजित शिविरमा नराकोट स्वास्थ्य चौकीमा एक सय एक, धाँपा स्वास्थ्य चौकीमा ७६ र सनिगाउँ स्वास्थ्य चौकीमा एक सय ५० गरी जम्मा तीन सय २७ जनाले सेवाले लिएका छन् ।

शिविरमा परीक्षणमा क्रममा चार महिलालाई पाठेघरको शल्यक्रियाका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिफारिस गरिएको छ । साथै ५७ महिलालाई पाठेघर खस्न नदिन रिङप्रेसर राखिएको छ । पाठेघर खस्ने, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने र ढाड दुख्ने लगायत समस्याको स्वास्थ्य शिविरमा जाँच गरिएको सिञ्जा गाउँपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रकाश धितालले बताउनुभयो ।

जुम्लाको हिमा गाउॅपालिका–१ का जनप्रतिनिधिहरु बालविवाह न्यूनिरकणमा सक्रिउ भएका छन् । रोक्न थालेका छन । उनीहरुले उमेर नपुगेर गरिने विवाहमा आयोजना हुने भोजभतेर बहिस्कार गर्ने निर्णय गरेका छन् । बालविवाह गर्दा हुने भोजभतेरमा जाने जनप्रतिनिधि कारबाहीको भागेदार हुने निर्णय गरिएको वडा नम्बर १ का वडाध्यक्ष रतन शाहीले जानकारी दिनुभयो । उमेर पुगेर विवाह गर्ने जोडीलाई वडाले स्थानीय कोसेली दिने निर्णय समेत भएको उहाँले बताउनुभयो । बालविवाह रोक्न वडाले जनचेतनामुलक गीत समेत निकालेको छ ।

आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनको लागि जुम्ला बहुमुखी क्याम्पसमा ८ विद्यार्थी संगठनले नाम दर्ता गराएका छन् । निर्वाचन समितिका सदस्य हिक्मत बुढा थापाका अनुसार नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीले संगठन दर्ता गराएका हुन् । यसैगरी नेमकिपाको नेपाल क्रान्तिकारी विद्यार्थी संघ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, नेकपाको अखिल क्रान्तिकारी विप्लव, अनेरास्ववियू र स्वतन्त्र विद्यार्थी समूहले संगठन दर्ता गरेका छन् । संगठन दर्ता भएसँगै निर्वाचनको चहलपहल तीव्र बढेको छ । विद्यार्थी संघ संगठनले निर्वाचन सम्पर्क कार्यालय खोलिसकेका छन् । जुम्लामा स्ववियु चुनाव १५ वर्षदेखि हुन सकेको छैन ।

गुठिचौर गाउँपालिका–३ गज्याङकोटमा विगत ५ दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ । नहर भत्केर विद्युत उत्पादन बन्द हुँदा फागुन १० गतेदेखि सेवाग्राही अन्धकारमा बस्न बाध्य भएका हुन् । साना विद्युत आयोजनाबाट गुठीचौर गाउँपालिका–३ गज्याङकोट गाउँका ५ सय र वडा नम्बर ४ का ८ सय ४० घरधुरीले बिजुली बाल्दै आएका थिए । विद्युत नहरको करिब १८ लिटर भत्केको छ । गाउॅपालिका अध्यक्ष दानबहादुर बुढाले विद्युत नहर मर्मत गर्न ग्याविन जाली भर्नुपर्ने बताउनुभयो । मर्मतका लागि ठेकेदार र उपभोक्ताबाट काम गराउॅदा धेरै समय लाग्ने भएकाले पालिकाले ग्याविन जाली, केही सिमेन्ट र ढुंगा ढुवानीमा लगानी गर्ने उहाॅको भनाइ छ । 


प्रतिक्रिया