प्यूठान डायरी

फाल्गुन २६, २०७९ | प्यूठान

शम्सेर बिक्रम जिसी । चैत्र पाँच गते हुने स्वबियू निर्वाचनमा प्यूठानमा गठबन्धन हुने भएको छ । बिभिन्न ४ राजनैतिक दलका बिद्यार्थी सगंठनहरुले आज एक बिज्ञप्ती जारी गर्दै स्वबियू निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने निर्णय गरिएको नेविसघं प्यूठानका अध्यक्ष कल्याण बिक्रम केसीले जानकारी दिनुभयो । अनेरास्वबीयू, नेविसघं, अखिल छैटौं र अखिल क्रान्तीकारीका बिचमा गठबन्ध भएको हो । गठबन्धन अनुसार नेविसघंले दुई र अन्य सगंठनले एक एक क्याम्पस भागबण्डा गरेका छन् ।

प्यूठानका तीन स्थानीय तहले कार्यसम्पादन मुल्याङ्कनमा देशैभरका ७ सय ४८ स्थानीय तहलाई उछिनेका छन् । नौ स्थानीय तह रहेको प्यूठानमा प्यूठान नगरपालिका देशैभरका स्थानीय तहको मुल्याकंनमा दोश्रो तथा देशैभरका नगरपालिकाहरुको मुल्याकंनमा पहिलो भएको छ । यस्तै जिल्लाको सरुमारानी गाउँपालिका चौथो र गौमुखी गाउँपालिका पाँचौ स्थानमा छन् । यी तीनवटै स्थानीय तहले ७५ प्रतिशत बढि अकं ल्याएका हुन् । १७ सूचकका आधारमा स्थानीय तहको मुल्याङ्कन गरिएको थियो ।

पछिल्लो समय झिमरुक नदिबाट मेसिनको प्रयोग गरि नदिजन्य पदार्थको उत्खनन हुने गरेको छ । स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासनको मिलेमतोमा नदिजन्य पदार्थको अवैध उत्खनन हुने गरेको हो । नदिबाट ठेकेदारहरुले अवैध रुपमा एक्साभेटर मेसिनको प्रयोग गरी नदिजन्य पदार्थ ओसार पोसार गर्ने गरेको सर्वर्साधारणको आरोप छ ।

जिल्ला सदरमुकाम खलगां नजिकैको मल्लरानीमा नयाँ वर्षको अवसरमा फुड फेस्टीभल सञ्चालन हुने भएको छ । मल्लरानीको पर्यटन प्रबद्धनका लागि प्यूठान उद्योग बाणिज्य सघं मल्लरानी बजार ईलाकाले चैत्र ३० गतेदेखी बैशाख २ गतेसम्म फुड फेस्टीभल सञ्चालन गर्न लागिएको प्यूठान उद्योग बाणिज्य सघंका पूर्व अध्यक्ष ईमानशिहं भारतीले जानकारी दिनुभयो । 


प्रतिक्रिया