पाँचथर डायरी

चैत्र २३, २०७९ | पाँचथर

पाँचथरको सदरमुकाम फिदिमदेखि रानिटार गोरूवाले हुँदै इलामको पर्यटकीय स्थल सन्दकपुर जोड्ने ३५ किलोमिटर लामो सडकखण्ड मध्य ७ किलोमिटर क्षेत्रमा कालोपत्रे गर्ने काम शुरू भएको छ । कोशी प्रदेश सरकारको लगानीमा सडक कालोपत्रे गर्न शुरू गरिएको हो । २६ करोड ४५ लाख ५० हजार रुपैंयाको लागतमा निर्माणाधिन यो सडक पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । २०८० असार मसान्त भित्र सम्पन्न गर्ने गरि ४ करोड २० लाख रुपैंयामा लागतमा ठेक्का सम्झौता भएको हो । २०८० असार मसान्त भित्र कालोपत्रे गर्ने म्याद तोकिएपनि बैशाख भित्रै काम सक्ने कम्पनीका इन्जिनियर प्रतिक भट्टराईले बताउनुभयो ।

पाँचथरको फालेलुङमा छैठौं चौंरी महोत्सव हुने भएको छ । २०७४ सालदेखि शुरू भएको महोत्सव यस वर्ष चैत ३० देखि आगामि २ गतेसम्म सञ्चालन हुने भएको हो । फालेलुलुङ गाउँ पालिकाको प्रवर्धनमा फालेलुङ कञ्चनजंघा पर्यटन प्रवर्धन संस्था र दिप ज्योती युवा क्लवलको आयोजनामा चौंरी पर्यटन महोत्सव हुन लागेको हो । चौंरी गाई र तीनका प्रजातीको संरक्षणसँगै चौंरीजन्य उत्पादनहरुको प्रर्वधन र बजारिकरण गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको गाउँपालिका उपाध्यक्ष महेन्द्रहाङ जवेगुले बताउनुभयो । महोत्सवमा पाँचसय भन्दा धेरै चौंरी र याकको प्रदर्शनी गरिनेछ ।

सिक्किम र वेष्ट वंगालसँग सिमाना जोडिने पाँचथरका उच्च पहाडी र हिमाली क्षेत्रमा चैत लागेपछि पनि निरन्तर हिँउ परिरहेको छ । हिउँदभर एक पटक नपरेको हिउँ बेसिजनमा लगातार परिरहँहदा यो क्षेत्रका किसान प्रभावित भएका छन् । फालौटका चौंरी पालक चन्द्रलाल नेपालका अनुसार चैत ६ देखि हालसम्म गरि आठौं पटक हिउँ परेको छ । हिमपातका कारण तीन सिमाना,फालौट,चारराते,सन्दकपुर,आहाल र नेपालटार लगायत स्थनका किसान प्रभावित भएका हुन् ।

वैदेशिक रोजगारीमा गएर फर्केका एक युवकले पाँचथरको फालेलुङ गाउँपालिका ३ ताङ्लेपामा नीजी लगानीमा साबुन उद्योग सञ्चालनमा ल्याएका छन । २८ बर्षीय प्रयास केरुङले २५ लाख रूपैँया लागतमा कपडा धुने साबुन उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएका हुन । पाँच वर्षसम्म मलेसियामा रोजगारी गरेका केरुङ छ महिना अघिमात्रै स्वदेश फर्किएका थिए । उनका अनुसार हाल उद्योगबाट २ सय ५० ग्राम तौलका साबुन उत्पादन भईरहेको छन ।  


प्रतिक्रिया