महोत्तरी डायरी

चैत्र २५, २०७९ | महोत्तरी

महोत्तरीका वनक्षेत्रमा दिनदिनै डढेलो लाग्दा वन नजिकका बस्ती र स्थानीय त्रसित बनेका छन् । जिल्लाको बर्दिवास र गौशाला नगरपालिकामा पर्ने सामुदायिक, साझेदारी तथा राष्ट्रिय वन क्षेत्रमा लाग्ने डढेलो वस्ती र गाउँमा पुगेपछि डढेलो नियन्त्रणमा लिन वन कार्यालय, सुरक्षा निकाय र स्थानीयलाई सास्ती भएको छ । बर्दिवास क्षेत्रका जङ्गलमा प्रत्येक दिन डढेलो लागिरहेको र यसको नियन्त्रणमा सबै पक्षलाई सास्तीसंगै वन छेउका वस्तीमा त्रास फैलिएको बर्दिवास १ का स्थानीय शंकर फुयालले बताउनुभयो । हरेक ठाउँमा डढेलो लाग्नेसाथै निभाउने प्रयास भईरहेको भएपनि डढेलो लगाउने कार्य नरोकिदा समस्या भएको जिल्ला डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख सन्तोष झाले जानकारी दिनुभयो ।

सडक कार्यालयले महोत्तरीको बर्दिवास–३ स्थित गौरिडाँडा क्षेत्रको अतिग्रहण खाली गर्दै सडक विस्तार सुरु गरेको छ । बाटो साँघुरो भएपछि दुर्घटना बढेको भन्दै स्थानीयको चर्को दबाबपछि सडकले पैदल यात्राका लागि सडक पेटिसहित सडक विस्तार सुरु गरेको हो । बर्दिवास–धुलिखेल–काठमाण्डौ सडक मार्गको बर्दिवासबाट लगभग ३ किलोमिटर बजारक्षेत्रमा दोहोरो सवारी पास हुनसमेत बाटो साँगुरो भएकाले सडक विस्तार थालिएको विपि राजमार्ग सडक आयोजनाको प्राविधिक रमेश आचार्यले जानकारी दिनुभयो । ४ लेनको सडक बनाउने गरि अतिग्रहण खाली गर्दै २ लेनको बाटो निर्माण गर्ने र २ मिटरको सडक पेटी बनाउने योजना रहेको विपि राजमार्ग सडक आयोजनाले जनाएको छ ।

पछिल्लो समय विद्युतीय चार्जबाट चल्ने सवारीको संङ्ख्या बढेपछि महोत्तरीमा विद्युत खपत बढेको छ । विपि राजमार्ग अर्न्तगत महोत्तरीको बर्दिवास ३ स्थित ईलाका प्रहरी कार्यालय बर्दिवास परिसरमा चार्जिङ स्टेशन संचालनमा आएपछि सवारी चार्ज गर्नेको चाप बढेको हो । बर्दिवास–सिन्धुली–काठमाण्डौ, बर्दिवास–गाईघाट–चतरा, बर्दिवास–मन्थली–दोलखा, बर्दिवास–घुर्मी–ओखलढुङ्गासागै खोटाङ्ग र सोलुखुम्बुसम्मको लामो रुटका सवारी साधनका चालक यस स्टेशनमा सवारी चार्ज लगाउन थालेका छन् ।

पहाड, मधेशका बिभिन्न सडक सञ्जालको केन्द्र रहेको बर्दिवासमा विद्युतीय चार्जिङ्ग स्टेसन सञ्चालनमा आएपछि जिल्लामा विद्युत खपत बढेको विद्युत प्रशारण लाईन गौशाला कार्यालयले जनाएको छ । मासिक ३० हजार युनिटसम्म चार्जिङ स्टेशनले विद्युत खपत बढाएको गौशाला शाखाका इन्जिनियर बासुकीनाथ झाले जानकरी दिनुभयो । चार्जिङ स्टेशनमा बिहानदेखी राती अबेरसम्म गाडि चार्ज गर्न आउने र चार्ज गरेर फर्कने गरेका स्थानिय गंगा थापाले बताउनुभयो । बर्दिवास–३ को यो चार्जिङ्ग स्टेसनबाट एकै पटकमा ६ वटासम्म सवारी चार्ज गर्न मिल्ने भएकाले सवारी चार्ज गर्न लामो समय पर्खन पर्ने अवस्था नरहेको उहााको भनाई छ । प्राधिकरणले प्रतियुनिट ८ रुपैयाा २८ पैसा शुल्क लिने गरेको छ ।

नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम लागु भएपछि जिल्लामा स्थापना भएको स्वास्थ्य बिमा कार्यालयमा बेतिथी देखिएको छ । जिल्ला स्थित बर्दिवास कार्यालयका संयोजक लतीत कुमार साह र दर्ता अधिकारी श्रीराम महतो कार्यालयकै दिन पनि कार्यालय बन्द गरेर हिडेपछि सेवाग्राहि मारमा परेका छन् । सर्लाहि घर भएका महतो र सप्तरी घर भएका साहको भरमा चल्ने कार्यालय सार्वजनिक विदाको दिन बाहेक पनि बन्द रहने भएपछि सेवा लिन सास्ती हुने गरेको बर्दिवास ३ कि सारदा भणडारीले बताउनुभयो । आधा महिना पनि कार्यालयमै हाजिर नहुने जिल्ला संयोजक साहले बिमा बोर्डमा भने सबै हाजिर बुझाएर सेवा सुविधा लिने गरेका छन् । 


प्रतिक्रिया