नेप्से दोहोरो अंकले घट्यो, करीब २ करोड बराबरको कारोबार

माघ ६, २०७६ | काठमाडौं

धितोपत्र बजारमा आज दोहोरो अंकले गिरावट आएको छ । बजार परिसूचक नेप्से आज २६ दशमलव ५४ अंकले घटेर १ हजार ३ सय १७ दशमलव ११ बिन्दुमा पुगेको छ । नेप्से घटेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा १२ करोड रुपैयाँले घटेको छ । 

अघिल्लो दिन ३३ अंकले उकालो लागेको नेप्सेमा २ अर्ब ९ करोड रुपैयाँ बढीको कारोबार भएको थियो । नेप्सेमा आज कारोबार भएका सबै कम्पनी समूहको उपसूचकमा गिरावट आउँदा समग्र बजार नै प्रभावित बन्यो । 

सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहको उपसूचक १ सय ५४ दशमलव ६५ अंकले घटेको छ । यस्तै, निर्जीवन बीमाको १ सय १६ दशमलव ३१, उत्पादन मूलकको ७१ दशमलव ९१, होटलको ६४ दशमलव ९, लघुवित्तको ५७ दशमलव ८८ र व्यापार समूहको ५४ दशमलव ५९ अंकले घटेको छ । 

नेप्सेमा आज कुल १ सय ८२ कम्पनीका २० हजार ४ सय ४६ कारोबारबाट ५८ लाख ४६ हजार २ सय ३८ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, १ अर्ब ९७ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

कारोबार हुने साताको दोस्रो दिन नेप्सेमा हिमालयन हिस्टिलरी लिमिटेडको सबै भन्दा बढी कारोबार भएको छ । 


प्रतिक्रिया