तीन महिनामा २७ लाख भेटी

कार्तिक १, २०७९ | कपिलवस्तु

कपिलवस्तु मूलुकको प्रमुख पर्यटकीय गन्तब्य लुम्बिनीमा ३ महिनामा २७ लाख १८ हजार रुपैया दान भेटी संकलन भएको छ । लुम्बिनी स्थित मायादेवी मन्दिर र अशोक स्तम्भ रहेको दान पेटिकामा उक्त रकम जम्मा भएको हो । 

चालू आव ०७९/८० को साउनदेखि असोजसम्म तीन महिनाको संकलित रकम गणना गरिएको लुम्बिनी विकास कोषले जनाएकोछ । मायादेवी मन्दिर आउने आन्तरिक र बाह्य पर्यटकले गरेको दान लुम्बिनीमा प्रमुख आम्दानीको स्रोतका रहेको छ । 

गणनालाई पारदर्शी बनाउन सिसि क्यामराको निगरानीमा गरिएको थियो । दुई दिनमा २४ जनाले विहान ९ बजेदेखि साझ ५ बजेसम्म गणना गरेर सकेका थिए । यस अघि चैत्र १९ देखि असार २१ गतेसम्म संकलित भेटी गणना गर्दा २२ लाख ९७ हजार संकलन भएको थियो । 


प्रतिक्रिया