गण्डकीमा सुन्ताला उत्पादन बढ्यो, ३ अर्वको कारोबार

माघ ५, २०७९ | कास्की

गण्डकी प्रदेशमा गण्डकी प्रदेशमा यसवर्ष सुन्तला उत्पादन १० प्रतिशतले वृद्धि भएको छ । प्रदेश कृषि निर्देशनालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा ५५ हजार ९ सय ३५ मेट्रिकटन सुन्तला उत्पादन भएको छ ।

गण्डकीमा ८ हजार ३ सय ४२ हेक्टर क्षेत्रफलमा सुन्तला लगाइएको छ भने, ५ हजार ४ सय ५७ हेक्टर जमिन सुन्तलाको लागी उत्पादनशील मानिन्छ ।

किसानले पाउने प्रतिकिलो ५० रुपैयाँको दरले चालु आर्थिक वर्षमा २ अर्ब ७९ करोड ६७ लाख ५० हजार बराबरको सुन्तलाको कारोबार भएको निर्देशनालयकी कृषि अर्थ विज्ञ शशी अधिकारीले जानकारी दिनुभयो । कार्यालयका अनुसार गतवर्ष ५० हजार ८ सय ५० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो ।

गतवर्ष सुन्तला विक्रिबाट २ अर्ब ३४ लाख रुपैया आम्दानी भएको थियो । प्रदेशको मनाङ र मुस्ताङ बाहेक ९ जिल्लामा सुन्तला खेती हुन्छ ।

कार्यालयका अनुसार सबैभन्दा धेरै स्याङ्जामा १५ हजार १ सय ८० मेट्रिकटन उत्पादन भएको छ । जसबाट किसानले ७ करोड ५९ लाख बराबरको सुन्तला विक्री गरेका छन् । 


प्रतिक्रिया