पहिरोका कारणले अरुण तेश्रो आयोजना जोखिममा

वैशाख १८, २०८० | संखुवासभा

संखुवासभाको मकालु गाउँपालिकास्थित निर्माणाधिन ९ सय मेगावाटको अरुण तेश्रो आयोजना स्थलमा पहिरो खसेपछि बनेको तालको पानी नघटेपछि जोखिम बढेको छ । दूई दिनदेखि लगातार पानी परिरहेकाले अरुणमा पानीको बहाब बढ्दै गएको छ ।

जिल्ला प्रशासन कार्यालय, मकालु र चिचिला गाउँपालिका तथा खाँदबारी नगरपालिकाले नदी छेउछाउका बस्तिका स्थानीयलाई सर्तकता अपनाउन आग्रह गरेको छन् । ती क्षेत्रमा नदी छेउछाउमा १ दर्जन बढी बस्ती छन् ।

२६ मिटर अग्लो बाँधमा पानी जमेपछि झण्डै २ किलोमिटरसम्मको ताल बनेको छ । अरुण थुनिएपछि अरुण तेश्रोमा ड्यामसाइडको काम आज पनि ठप्प भएको हाम्रा सहकर्मीले जनाएका छन् । 


प्रतिक्रिया