स्रोत नखुलेको ४८ लाख रुपैयाँ बरामद

श्रावण १०, २०८० | कपिलवस्तु

स्रोत नखुलेको ४८ लाख रुपैयाँ नगदसहित प्रहरीले एक जनालाई कपिलवस्तुको नयाँ टोलबाट पक्राउ गरेको छ । प्रहरीले कपिलवस्तु नगरपालिका १ का ४७ वर्षिय सुनिलकुमार गुप्तालाई पक्राउ गरेको हो ।

गुप्ताको साथबाट नेपाली २४ लाख १३ हजार २ सय ५५ रुपैयाँ र भारतीय १४ लाख ९४ हजार ९ सय २० बरामद भएको प्रहरीले जनाएको छ । स्थानीय एक घर भाडामा लिएर अबैध रुपमा भारतीय रुपैयाँ कारोबार भईरहेको सूचनाका आधारमा सो रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख उपरिक्षक प्रेमबहादुर बस्नेतले बताउनुभयो । 


प्रतिक्रिया