धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रद्द भएपछि सर्वोच्चमा रिट

असार १७, २०८१ | काठमाडौं

नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रद्द भएपछि सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अध्यक्षका प्रत्यासी सन्तोषनारायण श्रेष्ठले आज सर्वोच्चमा रिट दायर गर्नुभएको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिले गत शुक्रबार अध्यक्ष चयनको प्रक्रिया रद्द गरेको सूचना जारी गरेको थियो ।

समितिले छनौट प्रक्रिया रद्द गर्नु कानुनसंगत नभएकाले त्यसलाई यथास्थानमा रहन दिई प्रक्रिया अघि बढाउनु पर्ने माग राख्दै श्रेष्ठले रिट दायर गर्नुभएको हो ।

धितोपत्र ऐनमा कम्तिमा तीन जना सिफारिस गर्नु पर्ने व्यवस्था छ । सिफारिस समितिले छनौट गरेका पाँचजनामध्ये दुई जनामात्र कार्ययोजना प्रस्तुति तथा अन्तरवार्तामा सामेल भएपछि गत शुक्रबार प्रक्रिया रद्द भएको थियो । 


प्रतिक्रिया