ईयूबाट प्राप्त हुने ३ अर्ब रुपैयाँ अनुदान स्वीकृत गर्ने सरकारको निर्णय

भाद्र १६, २०८१ | काठमाडौं

सरकारले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियनबाट प्राप्त हुने ३ अर्ब रुपैयाा भन्दा बढीको अनुदान सहायता स्वीकृत गरेको छ । 

पछिल्लो मन्त्रिपरिषदको बैठकले सो अनुदान स्वीकृत गर्ने निर्णय गरेको हो । त्यस्तै जर्मनी सरकारबाट प्राप्त हुने करिब १ अर्ब ४६ करोड रुपैयाँको अनुदान स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गूरुङले जानकारी दिनुभयो । यसैबीच, सरकारले विभिन्न तीन वटा महावाणिज्य दूतावासमा महावाणिज्यदूत नियुक्त गरेको छ ।

 मन्त्रीपरिषद् बैठकले झक्कप्रसाद आचार्यलाई भारतको कोलकात्ता, भरत खनाललाई चीनको ग्वान्जाउ तथा र लक्ष्मीप्रसाद निरौलालाई ल्हासास्थित महावाणिज्यदूत नियुक्त गर्ने निर्णय गरेको हो । 


प्रतिक्रिया