ताँदी घ्याङफेदी जलविद्युत आयोजनाको विद्युत खरिद बिक्रि सम्झौता पीपीए सम्पन्न

भाद्र १७, २०८१ | काठमाडौं

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इपानले नुवाकोटको दुप्चेश्वर गाउँपालिका स्थित ८ मेगावाटको ताँदी घ्याङफेदी जलविद्युत आयोजनाको विद्युत खरिद बिक्रि सम्झौता पीपीए सम्पन्न भएको जनाएको छ ।

 नेपाल विद्युत प्राधिकरण र एबीपी इनर्जीका प्रतिनिधिबीच पीपीएमा हस्ताक्षर भएको हो ।

 आयोजनाबाट उत्पादित विद्युत ३३ केभी सिंगल सर्किटको १० किलोमिटर प्रसारण लाईन निर्माण गरेर समुद्रटार सबस्टेशनमा जोडिने इपानले जनाएको छ ।

 आयोजनाको प्रतिमेगावाट लागत २० करोड ५ लाख रुपैयाँ रहेको छ । सो आयोजना आगामी असोज २९ गतेबाट निर्माण सुरु गरी तीन वर्ष भित्र सम्पन्न गर्ने योजना छ । 


प्रतिक्रिया