उखु बिक्री गरेको अनुदान रकम नपाउँदा किसान समस्यामा

भाद्र २०, २०८१

पश्चिम नवलपरासीका उखु किसानले उखु बिक्री बापतको अनुदान रकम नपाउँदा समस्यामा परेका छन् । 

उखु क्रसिङको समय सकिएपनि अनुदानको रकम अहिले सम्म नपाएको किसानहरुले गुनासो गरेका हुन् । पुष देखि चैत सम्ममा करिब १६ करोड रुपैया अनुदान रकम जिल्लामा आएको थियो । किसानले उत्त्पादन गरेर चिनी उद्योगलाई बिक्री गरेको उखुमा प्रति क्विन्टल ७० रुपैया कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत किसानलाई भुक्तानी दिदै आएको छ । 

गत वर्ष जिल्लामा २४ लाख ४५ हजार ८ सय २९ क्विन्टल उखु किसानले चिनी उद्योगलाई बिक्री गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय पश्चिम नवलपरासीका रुक बहादुर भण्डारीले बताउनुभयो । त्यस्तै ६ हजार ९ सय १९ किसानले १७ करोड १२ लाख रुपैयाँ अनुदान रकम पाउन बाँकि रहेको हाम्रा सहकर्मीले जनाएका छन् ।  


प्रतिक्रिया