तेहरानस्थित हवार्ई क्षेत्र आफ्नो नियन्त्रणमा रहेको इजरायलको दाबी

असार २, २०८२ | काठमाडौं
इजरायले इरानको राजधानी तेहरानको हवाई क्षेत्र पूर्ण नियन्त्रणमा लिएको दाबी गरेको छ । दुवै पक्षबीच हवाई आक्रमण जारी रहेका बेला इजरायलले सो दाबी गरेको हो ।
इजरायलले छोटो दुरीको हवाई आक्रमण आइतबार रातभर जारी राखेको बताएपनि इरानले भने तेहेरानको पश्चिम क्षेत्रमा आज आक्रमण गरेको जनाएको छ ।
इरानको स्वास्थ्य मन्त्रालयका अनुसार जारी आक्रमणमा कम्तिमा २ सय २४ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, इरानले इजरायलले आक्रमण जारी राखेको अवस्थामा युद्धविराम गर्न अस्वीकार गरेको बताइएको छ । कतार र ओमानका अधिकारीहरुसँग इरानी पक्षले जवाफी कारबाही गरेपश्चात मात्र युद्धविराम प्रक्रिया अगाडी बढाउने बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । यसैबीच, कुटनीतिक तहबाट मात्र इरान र इजरायलले समस्याको समाधान खोज्नुपर्ने टर्की र रुसले जनाएका छन् ।