नेदरल्याण्ड्सद्वारा नेपाललाई १ सय ५३ रनको लक्ष्य

असार २, २०८२ | काठमाडौं

स्कटल्यण्डमा जारी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट मा नेदरल्याण्ड््सले नेपाल सामू जितका लागि १ सय ५३ रनको लक्ष्य पेश गरेको छ । 

 स्कटल्याण्डको ग्लास्गोमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ७ विकेटको क्षतिमा १ सय ५२ रनको योगफल तयार पारेको हो । नेदरल्याण्ड्स विरुद्ध नेपालका सन्दिप लामिछानेले १८ रन खर्चिएर ३ विकेट लिए भने नन्दन यादवले १९ रन खर्चिएर २ विकेट लिँदा ललित राजवंशी र कुशल भूर्तेतलले समान १–१ विकेट लिए । नेदरल्याण्ड्का लागि तेजा निडामन्रुले सर्वाधिक ३५ रन, विक्रमजित सिंहले ३० रन तथा माइकल लेभिटले २० र म्याक्स ओडाडले १९ रन बनाए ।

यसअघि आइसीसी लिग टु अन्तर्गत भएको नेदरल्याण्ड्सविरुद्धको दुवै खेलमा नेपाल विजयी भएको थियो । आजको खेलमा पनि नेपाली टोली सोही लय कमय राख्न चाहान्छ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका लागि आजको खेल टी–२० अन्तर्राष्ट्रियतर्फ १ सयौं खेल हो । सन् २०१४ को टी–२० विश्वकपमा हङकङसँग खेल्दै सुरु भएको नेपालको टी–२० आई यात्रा सुरु गरेको थियो ।  


प्रतिक्रिया