सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपः रबि खड्का शीर्षस्थानमा

असार २, २०८२ | काठमाडौं

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन रबि खड्का शीर्षस्थानमा रहन सफल भएका छन् ।

५–अन्डर ६७ को स्कोरमा रविले डिफेन्डिङ च्याम्पियन सुबाश तामाङलाई १ स्ट्रोकले पछि परेका छन् । सुबाश ४–अन्डर ६८ को स्कोरमा दोस्रो स्थानमा रहे । ३–अन्डर ६९को नतिजामा दुई एमेच्योर निम दोर्जी तामाङ र राहुल विश्वकर्मा तथा प्रो गल्फरद्वय भुवन नगरकोटी र धनबहादुर थापाले संयुक्त रुपमा तेस्रो स्थान बाँडे । एमेच्योरतर्फ भुटानका निम दोर्जी र नेपालका राहुल संयुक्त रुपमा शीर्ष स्थानमा रहे ।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजनामा जारी चारदिने प्रतियोगितामा ३७ जना प्रोफेसनल गल्फरले हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशीको लागि दाबेदारी प्रस्तुत गरिरहेका छन् । चार दिने प्रतियोगितापछि असार ७ गते प्रो–एमप्रतियोगिता हुनेछ । जहाँ २५ जना प्रोफेसनल र १०० जना कर्पोरेटस्तरका एमेच्योर खेलाडीले भाग लिनेछन् ।


प्रतिक्रिया