कृषि र निर्माण क्षेत्रमा नेपाली कामदार इजरायल पठाउने सरकारको तयारी
मंसिर २९, २०८१ | काठमाडौं
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलमा कृषि र निर्माणसहितका क्षेत्रमा कामदार पठाउनका लागि गृहकार्य अघि बढाएको जनाएको छ ।
इजरायलमा नेपाली कामदार केयरगिभर बाहेक कृषि, निर्माण लगायत अन्य क्षेत्रमा लैजान प्रक्रिया शुरु गरिएको हो ।
कृषि प्रविधि हस्तान्तरण गर्ने सीप विकास, भाषा तालिम, स्वास्थ्य परीक्षण लगायत अन्य क्षेत्रमा थप सीपयुक्त जनशक्ति पठाउने विषयमा इजरायली पक्षसँग छलफल सुरु गरिएको मन्त्रालयका सहायक प्रवक्ता बसन्त बहादुर बोहोराले बताउनुभयो ।
यसैबीच मन्त्रालयले नेपाल र इजरायलबीच द्विपक्षीय श्रम सम्झौता अनुसार केयरगिभरका लागि छनोटमा परेका कामदारलाई पठाउन गृहकार्य गरिरहेको छ ।