घरजग्गा कारोबारमा सामान्य सुधार

चैत्र ६, २०८१

चालु आर्थिक वर्षको आठ महिनामा घरजग्गा कारोबारमा सामान्य सुधार देखिएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार गत महिनाको तुलनामा फागुन महिनामा राजस्व संकलन २४ करोड ७५ लाख रुपैयाँ बराबर बढी संकलन भएको हो ।

विभागका अनुसार फागुन महिनामा मुलुकभर घरजग्गा कारोबारबाट ४ अर्ब १२ करोड ३१ हजार रुपैयाँ बराबर राजस्व संकलन भएको छ । गत महिनामा घरजग्गा कारोबारबाट ३ अर्ब ८७ करोड २४ लाख रुपैयाँ बराबर राजस्व संकलन भएको भएको थियो । विभागका अनुसार गत वर्षको सोही समयमा ३ अर्ब ५९ करोड २६ लाख रुपैयाँ बराबर राजस्व संकलन भएको विभागले जनाएको छ । 

घरजग्गा कारोबारको लागि मुख्य सिजन मानिने सो समयको कारोबार प्रति सन्तुष्ट हुने अवस्था नरहेको घरजग्गा व्यवसायीहरुले बताउँदै आएका छन् । 


प्रतिक्रिया