२८ अर्ब रुपैयाँ बढीको भटमासको तेल निर्यात

चैत्र १३, २०८१
चालु आर्थिक वर्षको आठ महिनामा पर्सास्थित वीरगञ्ज नाकाबाट २८ अर्ब रुपैयाँ भन्दा बढीको भटमासको प्रशोधित तेल भारत निकासी भएको छ ।
वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार, चालु आर्थिक वर्षको साउन देखि फागुन मसान्त सम्मको अवधिमा २८ अर्ब १९ करोड रुपैयाँ बराबरको भटमासको प्रशोधित तेल निर्यात गरिएको हो । त्यस्तै, कार्यालयका अनुसार चालु आर्थिक वर्षको हाल सम्म ५ अर्ब ६७ करोड रुपैयाँ बराबरको सुर्यमुखीको प्रशोधित तेल भारत तर्फ निकासी भएको छ ।