भरतपुरमा सुरु भयो औद्योगिक प्रदर्शनी

रेडियो कान्तिपुर संवाददाता

चैत्र १४, २०८१

चितवनको भरतपुरमा आजदेखि नवौं अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु भएको छ । चितवन उद्योग संघले दुरसञ्चार रोडको चितवन प्रदर्शनी केन्द्र एक्स्पो सेन्टररमा आयोना गरेको प्रदर्शनी आगामी सोमबारसम्म चल्ने छ ।

प्रदर्शनीमा औद्योगिक मेशिनरी तथा प्रविधि, निर्माण उद्योग, कृषि, निर्यात योग्य वस्तु उत्पादन गर्ने उद्योगहरु, गार्मेन्ट, साना र मझौला उद्योगका स्टलहरु रहेका छन् ।प्रदर्शनीको उद्घाटन भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले गर्नुभएको हो । 

विदेशका १० सहित प्रदर्शनीमा दुई सय स्टलहरु रहेको आयोजक चितवन उद्योग संघका कार्य बाहक अध्यक्ष मदन घिमिरेले बताउनुभयो । चितवन उद्योग संघले विस २०६६ सालदेखि औद्योगिक प्रदर्शनी गर्दै आएको छ । 


प्रतिक्रिया