माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवन–३ बाट निर्वाचित

मंसिर २५, २०७४ | चितवन

-   माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवन– ३ बाट निर्वाचित हुनुभएको छ । राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेलाई ९ हजार ३ सय ४१ मतान्तरले पराजित गर्दै दाहाल निर्वाचित हुनुभएको हो ।

दाहालले ४८ हजार २ सय ७६ मत पाउँदा पाण्डेले ३८ हजार ९ सय ३५ मत प्राप्त गर्नुभयो । दाहाल ०६४ सालको संविधानसभामा काठमाडौं– १० र रोल्पा– २ बाट र २०७० सालमा सिरहा– ५ बाट निर्वाचित हुनु भएको थियो ।

 

 


प्रतिक्रिया