बेलायत र ईयूबीच ब्रेक्जिटपछिको व्यापार सम्झौता

पुस १०, २०७७ | काठमाडौं

महिनौंदेखिको विवाद अन्त्य गर्दै युरोपेली युनियन ईयू र बेलायतबीच ब्रेक्जिटपछिको ऐतिहासिक व्यापार सम्झौता भएको छ । माछा मार्ने अधिकार र भविष्यमा हुने व्यापारसम्बन्धी नियममा लामो समयदेखि विवाद थियो । 

सम्झौतामा उल्लेख भएका बिषयहरु सार्वजनिक नगरिएपनि यो सिङ्गो युरोपका लागि फलदायी रहेको बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताउनुभयो । डाउनिङ स्ट्रिटमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री जोनसनले कानुन र नियतीलाई पुन: आफ्नो नियन्त्रणमा लिएको बताउनुभयो ।

युरोपेली युनियनबाट आधिकारीक रुपमा अलग भएको करिब १ बर्षपछि बेलायतले ईयूको व्यापारिक नियमबाट समेत बाहिरिन तयार भएको हो । 

सहमति पछि बेल्जियमको ब्रसेल्समा आयोजित पत्रकार सम्मेलनमा ईयू कमिसनका अध्यक्ष उर्सुला भोन डे लेयेनले लामो समयको प्रयासबाट निश्पक्ष र सन्तुलित सम्झौता भएको र अब भविष्यका लागि काम गर्नुपर्ने समय आएको भन्दै बेलायत सदैव विश्वसनीय साझेदार मुलुकका रुपमा रहने बताउनुभयो । 


प्रतिक्रिया