खाद्यान्न संकट चुलिएपछि श्रीलंकामा आपतकालिन अवस्था घोषणा

भाद्र १५, २०७८ | एजेन्सी


श्रीलंकामा खाद्यान्न संकटका कारण आपतकालिन अवस्था घोषणा गरिएको छ । निजी बैंकहरुले आयातका लागि वैदेशिक रकम सटही गर्न नसक्ने भएपछि श्रींलकाले आपतकालिन अवस्था घोषणा गरेको हो । चर्को आर्थिक संकटले मुलुक पीडित भएपछि राष्ट्रपति गोटबाया राजापाक्क्षेले चिनी, चामल र अन्य अत्यावश्यक खाद्य वस्तुको अनावश्यक भण्डारको सामना गर्न आपतकालिन नियम लागू गर्न निर्देशन दिनुभएको थियो । 

ती नियम लागू भएपछि श्रीलंकाका सरकारी अधिकारीलाई आपूर्तिकर्ताबाट भण्डारण गरिएका खाद्यान्न नियन्त्रण गर्न, अत्यावश्यक सामग्री थुपार्ने कार्यमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सकिनेसहितका अधिकार प्रत्यायोजन गरिएको छ । कोभिडको महामारी फैलिने क्रम नरोकिएपछि १६ दिनको कर्फ्य जारी रहेका बेला दैनिक उपयोग वस्तुको अभाव हुँदा श्रीलंकाका बजारहरुमा उपभोक्ताले पसल बाहिर लामो लाइन बसिरहनुपरेको छ । 


प्रतिक्रिया