भारतमा ओमिक्रोन संक्रमित बढ्दै

मंसिर २९, २०७८

भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या ६१ पुगेको छ । त्यसमा एकजना ७ वर्षीय बालक पनि छन् । ओमिक्रोन भेरियन्टबाट महाराष्ट्रमा सबैभन्दा बढी २८, राजस्थानमा १३, दिल्लीमा ६, गुजरातमा ४, कर्नाटक ३, तेलंगाना २ तथा अन्य केही प्रदेशमा १/१ जना संक्रमित पाइएका छन् । भारतमा डिसेम्बर १८ मा ओमिक्राँनबाट संक्रमित पहिलो केस भेटिएको थियो । दिल्लीमा नयाँ भेरियन्टबाट संक्रमित भएर अस्पताल भर्ना भएका पहिलो बिरामी डिस्चार्ज भएका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ८४ जना कोरोना संक्रमित थपिएका छन् । दिल्लीमा पछिल्लो दिन कोराना संक्रमितको संख्या बढ्ेको छ । दिल्लीमा अहिले ४ सय ७ जना सक्रिय संक्रमित छन् । केही दिन अगाडि दिल्लीमा सक्रिय संक्रमितको संख्या ३ सयभन्दा तल गइसकेको थियो । दिल्लीमा कुला जाँच गरिएको मध्ये ० दशमलव ०९ प्रतिशत संख्या संक्रमित पाइएका छन् । देशैभर सक्रिय संक्रमितको संख्या ८७ हजार हाराहारीमा रहेको छ । सबैभन्दा बढी महराष्ट्रमा १० हजार सक्रिय संक्रमित छन् । 


प्रतिक्रिया