कर्नाटकमा स्कूल-कलेजमा धार्मिक पोशाक लगाउन रोक

माघ २७, २०७८ | नयाँ दिल्ली

भारतको कर्नाटकको उच्च अदालतले स्कूल–कलेजमा कुनैपनि धार्मिक कपडा लगाउनमा रोक लगाएको छ । मुस्लिम छात्राले ‘हिजाब’ लगाएपछि केही हिन्दू छात्रहरुले त्यसको विरोध गरेपछि सो विषय विवादित बनेको हो । 

स्कूल कलेजमा मुश्लिम समूदायका छात्राले ‘हिजाब’ लगाउन पाउने/नपाउने विषय अदालतमा पुगेको छ । कर्नाटकमा हिजाब र भगवा शाँलको विषयलाई विवाद चर्किएको छ । सुनुवाई प्रारम्भ भएसँगै कर्नाटकको उच्च अदालतले बिहीबार तत्काललाई स्कूल कलेजमा हिजाब वा केसरिया कपडा लगाउनमा रोक लगाएको छ । 

छात्रालाई हिजाब लगाउन रोक्नुपर्ने माग गर्दै अदालतमा रिट परेको छ । त्यस उपर सुनुवाई प्रारम्भ गदै तीन जना न्यायाधीशको बेञ्चले यस विषयमा अन्तिम निर्णय नआएसम्म त्यस्तो कपडा नलगाउन आदेश गरेको हो । 

हिजाबलाई लिएर विवादमा अदालतमा तेस्रो दिनसम्म चलेको सुनुवाई पछि सो आदेश आएको हो । आदेश अनुसार अन्तिम निर्णय नआएसम्म स्कूल–कलेजमा कसैलाई उक्साने खालको पोशाक नलगाउन भनिएको छ । 

स्कूल कलेजमा हिसाब लगाउने कुरा कसैको मौलिक अधिकार भए/नभएको विषयमा अदालतले अध्ययन गरिरहेको जनाएको छ । चार छात्राले स्कूल र कलेजमा हिसाब लगाउन दिनुपर्ने माग गरेर पनि अदालतमा रिट निवेदन दिएका छन् । 

विवाद बढेपछि कर्नाटक सरकरले स्कूल कलेज बन्द गराएको छ । बेंगलुरु प्रहरीले स्कूल कलेजको २ सय मिटरको दायरमा कसैलाई पनि भिडभाड नगर्न र जम्मा नहुन आदेश गरेको छ । 


प्रतिक्रिया