तालिवानको नियन्त्रणपछि पहिलो पटक भारतीय अधिकारी अफगानिस्तानमा

जेष्ठ १९, २०७९

तालिवानले अफगानिस्तान नियन्त्रण लिएको झण्डै दशमहिनापछि भारतले पहिलो पटक तालिवान सरकारसँग औपचारिक कुटनीतिक सम्बन्ध बढाएको छ । अफगानी जनताका लागि खाद्यान्न र औषधी लगायत सामग्री पठाएर तालिवानी सररकारसँग आफूलाई ‘इन्गेज’ राखि रहेको भारतले पहिलो पटक आफ्ना अधिकारीहरुलाई कावुल नै पठाएको छ । 

विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार मन्त्रालयको संयुक्त सचिव पीएआईको नेतृत्वमा अधिकारीहरुको टोली अफगानिस्तान गएको छ । भारतले अफगानिस्तालाई दिएको मानवीय सहायताको निरीक्षण गर्ने तथा त्यहाँ सहयोग पुर्‍याइरहेका विदेशी संघ/संस्थाहरुसँग सो टोलीले भेटघाट गर्ने बताइएको छ । भारतले गरेको सहयोग जहाँ जहाँ पुगेको छ, टोलीत्यहाँसम्मपुग्ने सम्भावना छ । भारतले अहिलेसम्म २० हजार मेट्रिकटन गहुँ, १३ टन औषधि, ५ लाख कोभिडविरुद्धको खोप तथा कपडा लगायतका सामग्री अफगानिस्तान पठाइ सकेको छ । 


प्रतिक्रिया