केदारनाथमा हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु

कार्तिक १, २०७९

भारतको उत्तराखण्डस्थित केदरानाथमा धार्मिक यात्रु बोकेको हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । चालक दलका २ सदस्यसहित ७ जनाको मृत्यु भएको दिल्ली सहकर्मी राजेश मिश्रले जनाएका छन् । खराब मौसमका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । हुस्सुका कारण हेलिकप्टर जमिनमा ठोक्किन पुगेको अुनमान छ । 

बिहान ११ बजेर २५ मिनेटमा केदारनाथ बेस क्याम्पबाट कोटी–गुप्तकाशीका लागि उडेको हेलिकप्टर १५ मिनेटपछि दुर्घटनाग्रस्त भएको हो । मृतकहरुमध्ये एकजना महराष्ट्रको, ३ जना तमिलनाडुको र बाँकी गुजरातका रहेको बताइएको छ । दुर्घटनाप्रति राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गर्नुभएको छ । 


प्रतिक्रिया