डोनेत्स्क क्षेत्रमा ६३ सैनिक मारिएको रुसको दाबी

पुस १९, २०७९

रुसले डोनेत्स्क क्षेत्रमा युक्रेनले गरेको मिसाइल आक्रमणमा परि आफ्ना ६३ सैनिक मारिएको दाबी गरेको छ । रुसी कब्जामा रहेको डोनेत्स्क क्षेत्रको अस्थायी ब्यारेकमा युक्रेनले गरेको हमलामा परि आफ्ना ६३ सैनिक मारिएको मस्कोले जनाएको हो । रुसी सेना तैनाथ भएको माकिभ्का सहरको एउटा भवनलाई निशाना बनाएर गरिएको क्षेप्ष्यास्त्र आक्रमणमा परि सो संख्यामा आफ्ना सैनिक मारिएको रुसको तर्क छ । युक्रेनी सैनीकले अमेरिकाबाट खरिद गरिएको हिमार्स नामक रकेट प्रणालीको उपयोग प्रयोग गरि ६ मिसाइल प्रक्षेपण गरेको रुसी भनाइ छ । 

तीमध्ये दुईवटा मिसाइललाई रुसी वायु सुरक्षाले खसालेको र चारवटा मिसाइल भवनमा ठोक्किन पुगेको अलजजीराले जनाएको छ । युक्रेनको सशस्त्र बलको रणनीतिक सञ्चार विभागले आक्रमणमा परि ४ सय रुसी सेना मारिएको र अन्य ३ सय जना घाइते भएको बताएपछि रुसको पनि प्रतिकृया आएको हो । 


प्रतिक्रिया