अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पमाथि फौजदारी अभियोगमा मुद्धा दर्ता

चैत्र १७, २०७९ | काठमाडौं

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प माथि फौजदारी अभियोगमा मुद्धा दर्ता भएको छ ।

सन् २०१६ को राष्ट्रपतिय निर्वाचन अघि यौन सम्बन्ध रहेकी महिलालाई सार्वजनिक रुपमा बोल्न प्रतिवन्ध लगाउनका लागि पैसा दिएको सम्बन्धी मुद्धा दर्ता भएको हो ।

सो मुद्धामा ट्रम्पलाई पक्राउ गरी प्रक्रिया अघि बढ्नेछ । ट्रम्पले आगामी साता आत्मसमर्पण गर्ने उनको कानुनी सल्लाहकारलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

सो मुद्धाको प्रकृतिबारे अन्य विवरण सार्वजनिक भैसकेको छैन । वयस्क फिल्म अभिनेत्री स्टोर्मी ड्यानियल्सलाई आफ्नो सम्बन्धका विषयमा सार्वजनिक अभिब्यक्ति नदिने गरी १ लाख ३० हजार डलर सहितको सम्झौता गरेको खुल्न आएको हो । ट्रम्पले भने सो आरोपको खण्डन गर्दै आएका छन् ।

अमेरिकामा पहिलो पटक पूर्व राष्ट्रपति माथि फौजदारी अपराध सम्बन्धी मुद्धा लागेको हो । न्युर्योकको म्यानहृयाटन स्थित जिल्ला अभियोजनकर्ताका कार्यालयले ट्रम्प विरुद्धको मुद्धामा अनुसन्धान सुरु भएको बताएका छन ।


प्रतिक्रिया