अमेरिकामा आँधीका कारणले ४ जनाको मृत्यु

तस्वीर : बीबीसी  

चैत्र १८, २०७९

अमेरिकामा आँधीका कारण ४ जनाको मृत्यु भएको छ । हिजोदेखि आएको आँधीका कारण दर्जन बढी घाइते भएका छन् । दक्षिण र मध्यपश्चिमका केही स्थानमा आँधीका कारण ठूलो मात्रामा क्षति भएपछि अन्य केही राज्यले आपतकालिन अवस्थाको घोषणा गरेका छन् । 

आँधीपछि दशौं हजार घर परिवार बिजुलीविहीन बनेका छन् । गत रातिदेखि अमेरिकाका ६ वटा राज्यमा ४० भन्दा बढी आँधी आएको सरकारी तथ्यांकलाई उधृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यसअघि गत हप्ता आएको आँधीका कारण २ हजार घरमा क्षति पुगेको थियो । 


प्रतिक्रिया