ताइवान नजिकैको जल तथा हवाई क्षेत्रमा चीनको सैन्य अभ्यास सुरु

फाइल फोटो  

जेष्ठ १०, २०८१ | काठमाडौं

चीनले ताइवान नजिकैको जल तथा हवाई क्षेत्रमा २ दिने सैन्य अभ्यास सुरु गरेको छ ।

ताइवानको उत्तर, दक्षिण र पूर्वी क्षेत्रसंगै किनमेन टापु आसपासमा सैन्य अभ्यास सुरु भएको चीनका सेनाका प्रवक्तालाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।

जल तथा हवाई रुपमा गरिएको सेना, नौसेना, वायुसेना र रकेट फोर्सको संयुक्त अभ्यासले चीन विरोधी बाह्य शक्तिमाथि चेतावनी समेत भएको सेनाका प्रवक्ता लि सिले बताउनुभएको छ ।

साथै स्वतन्त्र ताइवान सम्बन्ध ऐन विरुद्धको सजाय स्वरुप सो कदम चालिएको जनाइएको छ ।

चीनको सो सैन्य अभ्यासको प्रतिक्रिया दिंदै ताइवानले भने आफ्ना सेनालाई तयारी अवस्थामा राखिएको जनाएको छ ।

ताइवानमा अशान्त मच्चाउने चीनको गतिविधि नियन्त्रणका लागि उच्च सतर्कतना अपनाइएको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया