बेलायतमा जुलाई ४ मा आमनिर्वाचन हुने

जेष्ठ १०, २०८१ | काठमाडौं

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आगामी जुलाई ४ मा आमनिर्वाचन हुने घोषणा गर्नुभएको छ ।

सरकारी निवास डाउनिङ स्ट्रिटमा प्रधानमन्त्री सुनकले निर्वाचनको मिति घोषणा गर्नुभएको हो ।

निर्वाचनबाट कन्जरभेटिभ पार्टीलाई पाँचौं पटक सत्ताको नेतृत्व गर्ने अवसर प्राप्त हुने प्रधानमन्त्री सुनकको दाबी छ ।

अपेक्षित समय भन्दा अघिनै निर्वाचनको घोषणा गरिनुले लेबर पार्टीलाई दबाब दिने विश्लेषण गरिएको बीबीसीले जनाएको छ ।

यसअघि अक्टोबर या नोभेम्बरमा निर्वाचन हुने अपेक्षा गरिएको थियो । निर्वाचन घोषणा गरिएसँगै बेलायतको संसद भोलि शुक्रबारदेखि निलम्बन हुने जनाएको छ ।

त्यस्तै, आगामी बिहीबारदेखि संसद औपचारिक रुपमा बन्द हुनेछ । चुनावी प्रचार प्रसारका लागि ५ साताको समय हुने तोकिएको छ । 


प्रतिक्रिया