पपुवा न्युगिनीको एङ्गा प्रान्तमा पहिरोका कारण हजारौं मानिस प्रभावित

जेष्ठ १२, २०८१

पपुवा न्यु गिनीको एङ्गा प्रान्तमा पहिरोका कारण सयौं घर पुरिंदा हजारौं मानिस प्रभावित भएका छन् । सो प्रान्तको उच्च पहाडि क्षेत्रमा गएको पहिरोका कारण सयौं घर पुरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रभावित क्षेत्रमा उद्धारकार्य जारी रहेको अधिकारीहरुले जनाएका छन् । 

कठिन भूभाग र मुख्य सडकमा क्षति पुगेका कारण उद्धारमा कठिनाई भएको छ । पहिरोका कारण भग्नावशेषमुनि कति मानिस फसेका छन् भन्ने यकिन हुन सकेको छैन । पहिरोले ३ सय बढी मानिस र १ हजार १ सय ८२ घर पुरिएको आंकलन गरिएको विभिन्न संघसंस्थाले जनाएका छन् ।

यसैबीच पपुवा न्यू गिनीका प्रधानमन्त्री जेम्स मारापेले राहत र पुननिर्माण कार्यमा जुटिसकेको बताउनुभएको छ । 


प्रतिक्रिया