हज मनाउन १५ लाख बढी मुुस्लिम धर्मावलम्बी साउदीमा

जेष्ठ ३०, २०८१ | काठमाडौं

संसारभरिबाट १५ लाख भन्दा बढी मुुस्लिम धर्मावलम्बी हज मनाउन साउदी अरेबियाको मक्का पुगेका छन् । 

मुुस्लिम समुुदायको पवित्र तीर्थस्थल मक्कामा प्रत्येक वर्ष हज मनाउन हजारौँको संख्यामा तिर्थालु त्यहाँ जाने गरेका छन् ।

 यस वर्षको हज ग्रिगोरियन क्यालेन्डरअनुुसार औपचारिक रुपमा शुुक्रबारदेखि सुुरु हुुँदैछ । 

सो पर्व जुन १४ देखि १९ तारिखसम्म मनाइनेछ । त्यसको लागि अगाडि देखि नै तीर्थयात्री मक्का पुगेको अन्तर्राष्टिय सञ्चारमाध्यमले जनाएका छन् । 

सो पर्वमा साउदी अरबमा बस्ने तीर्थालुुहरु समेत सामेल हुनेछन् । साउदी अधिकारीकाअनुुसार यस वर्ष तीर्थयात्रीको संख्या सन् २०२३ को भन्दा बढी हुने अपेक्षा गरिएको छ । 


प्रतिक्रिया