मजदुर अधिकार कटौती गर्ने योजनापछि अर्जेन्टिनामा सरकार विरोधी प्रदर्शन

जेष्ठ ३१, २०८१ | काठमाडौं

निवृत्तिभरण तथा मजदुर अधिकार कटौती गर्ने सरकारी योजनाको विरोधमा अर्जेन्टिनामा प्रर्दशन चर्किएको छ । 

गिर्दो अर्थतन्त्रलाई सन्तुलनमा ल्याउन भन्दै राष्ट्रपति जेभियर माइलीले प्रस्ताव गर्नुभएको आर्थिक सुधारका योजनाको विरोधमा प्रदर्शन चर्किएको हो ।

 सरकारी योजनाको विपक्षी पार्टीले विरोध जनाएको बीबीसीले जनाएको छ । 

अजेन्टिनाको राजधानी व्यूनस आयर्सस्थित संसद भवन भित्र बजेट घटाउने विषयमा बहस भइरहंदा बाहिर प्रदर्शन चर्किएको हो । 

प्रहरीले पानीको फोहोरा तथा अश्रुग्यांस प्रहार गरि प्रदर्शनकारीलाई नियन्त्रण गर्ने प्रयास गरेको छ । सो क्रममा दुवै पक्षबीच भएको झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् ।

 प्रदर्शनकारीले प्रहरी माथि पेट्रोल बम तथा ढुंगा प्रहार गरेको थिए । सुबिधा घटाउने सरकारको तयारीले लाखौं अर्जेन्टिाइनीलाई दुखित बनाएको नारा सहित प्रदर्शन गरिएको जनाइएको छ ।


प्रतिक्रिया