अफ्रिकी मुलुक कंगोमा एमपक्सको खोप पुग्यो

भाद्र २१, २०८१ | काठमाडौं

अफ्रिकी मुलुक कंगोमा एमपक्स विरुद्धको खोप पहिलो पटक पुगेको छ । 

करिव १० करोड जनसंख्या भएको कंगो एमपक्स संक्रमणको केन्द्रविन्दु बनेसंगै विश्व स्वास्थ्य संगठन डब्लुएचओले गत अगस्टमा विश्वव्यापी जनस्वास्थ्य आपतको घोषणा गरेको थियो ।

युरोपियन युनियन ईयुले अनुदानमा उपलब्ध गराएको सो खोप कंगोको राजधानी किन्शासामा लगिएको अलजजिराले जनाएको छ । 

इयुले कंगोमा ५ लाख ६६ हजार डोज खोप उपलब्ध गराउने लक्ष्य राखेको छ ।

खोपको उपलब्धसंगै कंगोका स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाले मुलाम्बाले अमेरिकामा प्रमाणित भइसकेको खोप आफ्नो मुलुकमा वयस्क व्यक्तिमा लगाइने बताउनुभएको छ । 

एमपक्स भाइरसको संक्रमण जोखिम भएको स्थानमा तत्काल खोप अभियान संचालन गरिने स्वास्थ्य मन्त्री मुलाम्बाको भनाई छ ।

१२ वर्ष उमेर समुह माथिका व्यक्तिका लागि खोपको सिफारिस गरिएको छ । 


प्रतिक्रिया