गाजा क्षेत्रको मानवीय अवस्थालाई लिएर राष्ट्रसंघद्धारा गम्भिर चिन्ता प्रकट

भाद्र २१, २०८१ | काठमाडौं

गाजा क्षेत्रको मानवीय अवस्थालाई लिएर राष्ट्रसंघले गम्भिर चिन्ता प्रकट गरेको छ ।

गाजाको मध्य र दक्षिणी क्षेत्रका १० लाख नागरिकले गत महिना खाद्यन्ह नै नपाएको राष्ट्रसंघका प्रवक्ता स्टेफेन डुजारिकले बताएका छन ।

गाजाको मानवीय अवस्था अत्यन्तै जोखिममा रहेको राष्ट्रसंघीय प्रतिनिधीलाई उदृत गर्दै समाचार संस्था अलजजिराले उल्लेख गरेको छ ।

अत्यावश्यकीय स्वास्थ्य सामाग्रीको आपूर्तिमा समेत इजरेली सेनाले अवरोध गरेको गाजाका स्वास्थ्य मन्त्रीले बताएका छन । 

इजिप्टसंग सीमा जोडिएको गाजा क्षेत्रबाट सेना हटाउनका लागि गरिएको प्रस्ताव इजरेली प्रधानमन्त्री बेन्जामिन न्यतान्याहूले अस्विकार गरेर युद्धलाई प्रोत्साहन गरेको हमासले आरोप लगाएको छ ।

इजरेली सेना र हमासबीच गाजा क्षेत्रमा जारी युद्धमा अहिले सम्म ४० हजार ८ सय ७८ जनाको मृत्यु भएको छ भने ९४ हजार ४ सय ५४ जना घाईते भएका छन ।

यसैबीच इजरेली सेनाको पछिल्लो आक्रमणमा परि गाजामा कम्तिमा ९ जनाको मृत्यु भएको छ । 


प्रतिक्रिया