केन्याको एक विद्यालयमा आगलागी हुँदा १७ बालबालिकाको मृत्यु

भाद्र २१, २०८१ | काठमाडौं

केन्याको एउटा विद्यालयको छात्रावासमा राति भएको आगलागीमा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको छ । 

न्येरी काउन्टीको हिलसाइड एन्डारासा एकेडेमीमा आगलागी हुँदा बालबालिकाहरू सुतिरहेको एक शयनगृहमा आगलागी हुँदा सो संख्यामा हताहती भएको स्थानीय प्रहरीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

छात्रावासका अधिकांश विद्यार्थी घाइते भएको र तीमध्ये १६ जना गम्भीर रहेको बताइएको छ ।  आगलागीको कारणबारे अनुसन्धान जारी रहेको त्याहाँको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया