बेलायतका प्रधानमन्त्रीले आयरल्याण्डको पहिलो भ्रमण गर्ने

रेडियो कान्तिपुर संवाददाता

भाद्र २२, २०८१

बेलायतका प्रधानमन्त्री केइर स्टारमरले आयरल्याण्डको पहिलो भ्रमण गर्नुहुने भएको छ । नयाँ बनेको सरकारले नजिकको छिमेकी र युरोपेली संघका अन्य सदस्यसँगको सम्बन्ध सुधारका लागि भ्रमण तय गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

लेबर पार्टीले सन् २०१० पछि पहिलो पटक सत्तामा फर्कन गत जुलाईमा सम्पन्न चुनाव जितेपछि कूटनीतिक र व्यापारिक सम्बन्ध सुधार गर्न खोजेको हो । बेलायतले सन् २०१६ मा गरेको जनमत संग्रहले युरोपेली संघ छाड्ने निर्णय गरेको थियो । आयरल्याण्डलाई बेलायतकै हिस्साका रुपमा लिने गरिएको छ । प्रधानमन्त्री स्टारमरको भ्रमणले आयरल्याण्डसँग सम्बन्ध विस्तार गर्ने विश्लेषण गरिएको छ । 


प्रतिक्रिया