रुसले आफ्नो भूमिमा ६७ वटा ड्रोन आक्रमण गरेको युक्रेनको दाबी

भाद्र २२, २०८१ | काठमाडौं

रुसले आफ्नो भूमिमा ६७ वटा ड्रोन आक्रमण गरेको युक्रेनले दाबी गरेको छ ।

रुसले रातभरि छोटो दुरी र लामो दुरीसहितका क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी सेनालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसले प्रहार गरेका ६७ ड्रोन मध्ये ५८ क्षेप्यास्त्रलाई भने निस्तेज बनाएको युक्रेनले दाबी गरेको छ ।

युक्रेनका ११ क्षेत्रमा सुरक्षाका लागि वायुसेना तैनाथ भएको बताइएको छ । ड्रोन आक्रमणले राजधानी किभ नजिकैको संसद भवन अगाडी समेत सामान्य क्षति समेत पुगेको जनाइको छ ।  


प्रतिक्रिया